Logo

पाकिस्तानले तालिवानसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने



एजेन्सी, २७ कात्तिक। पाकिस्तानले तालिवानसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने आश्वासन दिएको छ। कार्यबाहक अफगान विदेशमन्त्री अमिर खान मुत्ताकीसँगको भेटमा पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले अफगानिस्तानको मानवीय संकट समाधान गर्न आफ्नो देशले प्रयास जारी राख्ने बताए।

पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार अफगानिस्तानमा शान्ति र स्थिरताको लागि आफ्नो देशको प्रतिबद्धताबारे बोल्दै मन्त्री कुरैशीले पाकिस्तानले कठिन परिस्थितिका बाबजुद अफगानिस्तानमा मानवीय सहायता र आर्थिक सहयोग गर्न आफ्नो प्रयास जारी राख्ने बताए।

परराष्ट्र मन्त्री कुरैशीले अफगानिस्तानसँग सबै क्षेत्रमा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने पाकिस्तानको संकल्पलाई पुन: पुष्टि गरेका छन्। अफगानिस्तानमा शान्ति स्थापना भएपछि क्षेत्रीय स्थिरतालाई बलियो बनाउन र आर्थिक गतिविधि र कनेक्टिभिटीलाई बढावा दिने कुरामा उनले जोड दिए।

उच्चस्तरीय प्रतिनिधिमण्डलसहित बुधबार आफ्नो पहिलो भ्रमणमा इस्लामाबाद पुगेका मुत्ताकीले बिहीबार इस्लामावादमा भएको ट्रोइका प्लस बैठकका बीच चीन, रुस, पाकिस्तान र अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधिसँग पनि भेट गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्