एजेन्सी, २७ कात्तिक । कतारमा हुने विश्वकप फुटबल २०२२ का लागि यूरोपेली क्षेत्रबाट १३ टोलीका लागि स्थान छ । दुईवटा टोलीहरुले स्थान पक्का गरिसकेका छन् ।
डेनमार्क छनोट भइसकेको छ । समूह एफको उसले ९ खेल खेल्दा २७ अंक जोडेको छ । उक्त समूहबाट स्कटल्यान्ड प्ले अफका लागि छनोट भएको छ ।
समूह जे को जर्मनी छनोट भइसकेको छ । उसले ९ खेल खेलेर २४ अंक बनाएको छ । उक्त समूहमा नर्थ मेसोडोनिया र रोमानियामध्ये एक प्ले अफका लागि छनोट हुनेछन् ।
समूह ए मा पोर्चुगल र सर्बियामध्ये एक टोली छनोट हुने निश्चित भएको छ । यी दुई टोली समान १७ अंकमा छन् । अन्तिम खेलमा यी दुई टोलीको नतिजाले विश्वकपमा सिधै छनोट हुने या प्ले अफ खेल्ने टुंगो लाग्नेछ ।
समूह बीको स्पेन र स्वीडेनमध्ये एक टोली छनोट हुनेछन् । एक खेल बाँकी रहेको दुवै टोली जित्नैपर्ने वाध्यतामा छन् । स्पेनको १६ र स्वीडनेका १५ अंक छ ।
समूह सीको इटाली र स्वीटजरल्यान्ड समान १५ अंकमा छन् । दुवै टोलीले अन्तिम खेलबाट सिधै छनोट हुने वा प्ले अफ खेल्नुपर्ने निर्धारण हुन्छ । इटालीले नर्थन आइरल्यान्ड र स्वीटजरल्यान्डले बल्गेरियासँग अन्तिम प्रतिष्पर्धा छर्दैछन् ।
समूह डीमा चार टोली विश्वकप छनोटको प्रतिष्पर्धामा छन् । फ्रान्स १२ अंकका साथ शिर्ष स्थानमा छ । उसले एक खेल जितेमा मात्र कतारको यात्रा पक्का गर्नेछ ।
युक्रेन ७ खेल खेल्दै ९ अंकमा छ । फिनल्यान्ड ८ र बोस्निया हर्जगोभनिया ७ अंकमा छन् । युक्रेनका लागि प्ले अफको स्थानको सम्भावना मात्र छ ।
फिफा वरियतामा शिर्ष स्थानमा रहेको बेल्जियम छनोटको नजिक छ । उसले कम्तिमा प्ले अफ भने पक्का गरिसकेको छ । बेल्जियमले एक खेल जितेमा छनोट हुनेछ । चेक रिपब्लिक र वेल्स प्ले अफका लागि स्थान पक्का गर्न संघर्षरत छन् ।
समूह जीमा रहेका नेदरल्यान्ड र नर्वे सिधै छनोटको प्रतिष्पर्धामा छन् । नेदरल्यान्ड १९ र नर्वे १७ अंकमा छन् । १५ अंकको टर्कीले प्ले अफको आशा मारेको छैन ।
समूह एचमा रुस र क्रोएयिसाबीचको खेलले विश्वकपमा कुन देश छनोट हुने टुंगो लाग्नेछ । यी दुईमध्ये कुनै एक देश प्ले अफमा हुनेछन् ।
समूह आइमा रहेको इंग्ल्यान्ड छनोटको नजिक छ । उसले बाँकी खेल बराबरी गरेमात्र कतारको टिकट काट्नेछ । पोल्यान्ड पनि कम्तिमा प्ले अफ पक्का गर्न सफल भइसकेको छ ।
यूरोपबाट १३ राष्ट्र कतारमा हुने विश्वकप फुटबलमा सहभागी हुने छन् । जसमध्ये १० समूहका समूह विजेता सिधै छनोट हुनेछन् । बाँकी ३ राष्ट्रले प्ले अफ खेल्नुपर्नेछ ।




प्रतिक्रिया