Logo

चौँसठ्ठी विद्यार्थीलाई स्काउट पोसाक



सिमकोट, २७ कात्तिक: हुम्लाको सिमकोट गाउँपालिका स्काउट कमिटी ले ६४ विद्यार्थीलाई स्काउटको पोसाक वितरण गरेको छ । उक्त कमिटीको आयोजना तथा वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश स्काउट कार्यालयसुर्खेतको सहयोगमा मानसरोवर उच्च मावि र बालमन्दिर माविका ६४ छात्राछात्रलाई निःशुल्क रुपमा स्काउट पोसाक उपलब्ध गराइएको हो ।

मानसरोवर उच्च माविमा अध्यनरत कक्षा १० देखि १२ र बालमन्दिर माविका कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई पोसाक वितरण गरिएको मानसरोवरका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए । कर्णाली प्रदेशका स्काउट संयोजक कमल बोहराले बेलायती एक सैनिकको उदाहरण दिँदै हुम्लाका विद्यार्थीहरूको भविष्य पनि उज्ज्वल रहेको स्मरण गराए । स्काउटले विद्यार्थीको शारीरिक, मानसिक र शैक्षिकका साथै सर्वाङ्गीण विकासमा पनि सहयोग गर्नेमा उनले जोड दिए।-रासस



प्रतिक्रिया दिनुहोस्