Logo

एशियाबाट कतार विश्वकपमा यीनको सम्भावना बलियो



एजेन्सी, २७ कात्तिक । कतारमा हुने विश्वकप फुटबल २०२२ मा एशियाबाट ४ टोली सिधै छनोट हुनेछन् । एक टोलीले प्ले अफमा दक्षिण अमेरिकी टोलीबाट पाचौं हुने टोलीसँग प्ले अफ खेल्नुपर्नेछ । कतार आयोजकको हैसियतले खेल्ने तय भइसकेको छ ।

एशियाबाट अन्तिम चरणको छनोटमा दुई समूहमा १२ टोलीहरु विभाजित छन् । प्रत्येक समूहमा ६ देश छन् । समूहमा पहिलो र दोस्रो हुने टोली सिधै छनोट हुनेछ । तेस्रो हुने दुवै समूहको टोलीले प्ले अफ खेल्नेछन् । प्ले अफको विजेताले दक्षिण अमेरिकी प्ले अफमा छनोट हुने टोलीसँग पुनः प्ले अफ खेल्नेछ ।

एशिया प्यासिफिक क्षेत्रबाट दुवै समूहक हरेक टोलीले ५ खेल खेलिसकेका छन् । अब बाँकी ५ खेल खेल्नुपर्नेछ ।

समूह ए मा इरान ५ खेलबाट १३ अंकका साथ शिर्ष स्थानमा छ । उसले एक खेल मात्र बराबरी खेलेको छ । बाँकी खेल जितेको छ । इरानले अब तीन खेलमा जित निकालेमा विश्वकपमा छनोट हुनेछ । समूह ए मा रहेको दक्षिण कोरियाले ३ जीत र दुई बराबरी खेलेको छ । ११ अंकको उसले अबको तीन खेल जितेमा छनोट हुनेछ ।

इरान, दक्षिण कोरिया र इराक विश्वकप खेलिसकेका देश हुन् । एशियाका फुटबल महाशक्ति इरान र दक्षिण कोरियाको विश्वकपमा इतिहास सुन्दर छ । यसकारण पनि उनीहरुको छनोटको सम्भावना बलियो बन्दै गएको छ ।

समूह एमा लेबनानको ५, इराकको ४, युएईको ३ र सिरियाको २ अंक छ । यी टोलीहरुको सिधै छनोटको सम्भावना कमजोर छ । तर, प्ले अफमा यी मध्येबाट लेबनान र इराकको सम्भावना बलियो देखिन्छ ।

समूह बी को प्रतिष्पर्धा रोचक बनेको छ । साउदी अरेयिबा १३ अंकका साथ शिर्ष स्थानमा छ । अष्ट्रेलियाको १०, जापानको ९ र ओमानको ७ अक छ । चीनको ४ र भियतनामको ० अंक छ । भियतनामको छनोटको सम्भावना लगभग समाप्त भइसकेको छ । चीन पनि कमजोर देखिएको छ ।

साउदी, अष्ट्रेलिया, जापान र ओमान सिधै छनोटको दौडमा छन् । साउदीले कुनै खेल हारेको छैन । जापान लयमा फर्किएको छ । छनोटको सम्भावना बलियो बनाएकामा साउदी, अष्ट्रेलिया र जापान नै हुन् । यी टोलीहरु विश्वकप खेलिसकेका छन् । यीमध्येबाट को सिधै छनोट हुने र कस्ले प्ले अफ खेल्ने भन्ने प्रतिष्पर्धा हुने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्