Logo

कांग्रेस नेता राजेन्द्र बजगाईँले गरे केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिने घोषणा



काठमाडौं, २७ कार्तिक । नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी राजेन्द्र बजगाईंले पार्टीको आसन्न १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। हिजो (शुक्रबार) राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर बजगाईँले केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन् ।

उनी विगत २७ वर्षदेखि पर्यटन क्षेत्रमा आवद्ध पनि छन् । उनले यसपटक ‘विकासका निम्ति राजनीति’ नारालाई अघि सारेका छन्। कांग्रेसको २०७२ सालमा सम्पन्न १३ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा उम्मेदवार बनेका थिए।

२०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनमा उनी गोरखा जिल्लाको १ (२) नम्बर प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रबाट चुनाव लडेका थिए । निर्वाचनमा पराजित भए पनि आफ्नो क्षेत्रको विकासको लागि उनले सक्दो योगदान पुर्याएका छन् ।

उम्मेद्धवारी दिँदै बजगाईँले भनेका छन्–‘कांग्रेस प्रजातान्त्रिक पार्टी हो, हाम्रो पार्टीमा अजेन्डाहरू पारित भई त्यसलाई समग्र देशको उत्थानमा प्रयोग गर्न सक्ने गरी अघि बढ्नु पर्छ। पार्टीको मुहान सफा गर्नलाई मैले आफ्नो उम्मेदवारी आवश्यक ठानेको छु।’

यद्धपी उनले अहिले नै कुन प्यालनबाट चुनाव लड्ने भनेर घोषणा गरिसकेका छैनन् । उनी रक्षामन्त्री डा. मिनेन्द्र रिजालको निकट नेताको रुपमा परिचित छन् ।



प्रतिक्रिया दिनुहोस्