Logo

भीम रावल, घनश्याम भुसाल र योगेश भट्टराईहरुलाई पनि हामी महाधिवेशनमा जिताउँछौं : विशाल भट्टराई



काठमाडौं, २७ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली नै अध्यक्ष बन्ने दाबी गरेका छन्। आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पत्रकार धमलाले केपी ओलीलाई अध्यक्ष बनाउनको लागि तपाईहरुले पहल गरिरहनुभएको छ तर, भीम रावल र घनश्याम भुसालले चुनौति दिइरहनुभएको छ नि होइन् ? भनेर सोधेको प्रश्नमा उनले भने,‘मिडियामा त्यस्तो कुराहरु आइरहेको म देख्छु । तर, यो कुरा भोलि/पर्सि देखिने कुरा हो । म दाबीका साथ एउटा कुरा के भन्छु भने १२ गतेका दिन हाम्रो अध्यक्ष केपि शर्मा ओलीज्यू सर्वसम्मतिले नै अध्यक्ष बन्नुहुन्छ । त्यसमा कुनै चुनौति छैनन् । यद्धपि लोकतान्त्रीक अभ्यासमा विश्वास गर्ने पार्टी भएको हुदाँ प्रतिष्पर्धा भयो भने पनि उहाँ नै अध्यक्षमा चयन हुनुहुन्छ । तर, प्रतिस्पर्धा हुँदा चर्चित एउटा घट्ना बन्छ होला त्यो हाम्रो आन्तरिक जीवनको लागि त्यति नौलो कुरा होइन् । तर, म विश्वास गर्छु कि हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओली नै बन्नुहुन्छ । ’

उनले उनले नेताहरु भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, भीम आचार्य, अष्टलक्ष्मी शाक्य, युवाराज ज्ञवाली, गोकर्ण विष्टलाई पनि पार्टीमा सम्मानजनक ठाउँ दिने र जिताउने दाबी गरे । उनले भने,‘उहाँहरुलाई यो पार्टीमा कसरी सम्मानजनक ठाउँ दिने र जिताउने भन्नेबारेमा हामी देशभरीका नेता÷कार्यकर्ताहरु सचेत रहेका छौं । उहाँहरुलाई हामीले सहजतापूर्वक जिताउँछौं । सँगसँगै रामबहादुर थापा ‘बादल’को नेतृत्वमा देशभरिका नेकपा (माओवादी) का लाखौं कार्यकर्ताहरु नेकपा (एमाले) मा आउनुभएको छ । उहाँहरुले जबज मान्नुभएको छ । केपी शर्मा ओलीलाई नेता मान्नुभएको छ । त्यसैले उहाँहरुलाई पनि सम्मानजनक ठाउँ दिनेगरि हामी एकताबद्द महाधिवेशन सम्पन्न गरेर १२ गते पश्चात् चाहीँ मुलुकभरि एउटा सन्देश दिन सफल हुन्छौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot