Logo

बारकाे आन्दाेलनमा काेषाध्यक्ष पाेखरेलकै फरक मत    



काठमाडौं, २८ कात्तिक । नेपाल बार एसाेसिएसनका काेषाध्यक्ष रुद्र पाेखरेलले बारकाे कार्यसमितिले पारित नगरी ल्याइएकाे आन्दाेलनका कार्यक्रममा आफ्नाे सहमति नभएकाे बताएका छन् ।

आज नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाेखरेलले भने, “बारकाे पूर्वघाेषित आन्दाेलनमा मेराे विराेध छैन । तर, बारका पूर्व पदाधिकारी र कहीँबाट निर्देशित ढंगले ल्याइएकाे प्रधानन्यायाधीशलाई सर्वाेच्च अदालतमा प्रवेश गर्न नदिने कुरामा मेराे फरक मत छ ।”

काेषाध्यक्ष पाेखरेलले संवैधानिक दायित्वबाट च्यूत भएका प्रधानन्यायाधीश सहित पाँच न्यायाधीशकाे राजीनामालाई आन्दाेलनकाे बटमलाइन बनाउनुपर्ने औल्याए।

उनले थपे, “प्रधानन्यायाधीशले राजीनामा गरेकाे भए हुन्थ्याे तर जबर्जस्ती गराउन सकिँदैन । त्यसैले प्रक्रियामै गएर निर्णय गर्नुपर्छ ।” अब न्यायालय विवादमा राजनीतिक दलहरूले टेकअफ गर्नुपर्ने उनकाे धारणा छ ।



प्रतिक्रिया दिनुहोस्