Logo

आजपनि वैकल्पिक गेटबाट अदालत प्रवेश गरे प्रधानन्यायाधीश राणा



काठमाडौं, कार्तिक २८ । सर्वाेच्च अदालतको दुबै ढोकामा धर्ना बसेका वकिलहरुको अवरोध छलेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत प्रवेश गरेका छन्।

नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको छ ।शुक्रबार सर्वोच्च छिर्ने मुख्य गेट छेकेर धर्ना बसेका वकिलहरुलाई छल्दै प्रधानन्यायाधी जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए ।

आज प्रधानन्यायाधीशलाई अदालत परिसरमा छिर्न नदिने वकिलहरुको योजना रहेपनि धर्नालाई छेल्दै सोहि मार्गबाट प्रधानान्यायाधीश अदालत प्रवेश गरेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको बारले आज उनलाई जसरी पनि सर्वोच्चमा प्रवेश निषेधको योजना बनाएको थियो ।

तर, योजना भने जस्तै सफल नभएपछि वकिलहरु अदालत परिसरमै नारावाजीमा उत्रिएका छन् । उनीहरुले राजीनामा माग गर्दै नाराबाजी गरिरहेका छन्।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्