Logo

“एक बचन बोल्दैमा” लिएर आए गायक सुदिप कुमार थकाली (भिडियो सहित)



काठमाडौँ, २८ कात्तिक । रक गायक सुदिप कुमार थकालीको नयाँ गित “एक बचन बोल्दैमा” को म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा विगत एक दशक देखि जापानमा बस्दै आएका रक गायक सुदिपको आफ्नै आवाज दिएका छन् । उनी सानै उमेर देखि गीत सङ्गीतका पारखी थिए । शास्त्रीय सङ्गीत देखि लिएर विभिन्न विधाका सङ्गीत कक्षा लिएर सम्पूर्ण विधामा पोख्त रक गायक थकाली एक शालीन तथा मिलनसार स्वभावका छन्।

रक गायक सुदिप कुमार थकालीको स्वर, आँशु लामाको शब्द,सङ्गीत तथा नोर्बु शेर्पाको एरेन्ज रहेको छ । राम केसीले छायांकन गरेको भिडियोलाइ टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा मोडल द्वय उषा उप्रेती र लोमुस शर्मालाइ फिचर्ड गरिएको छ।

यस गीतको म्युजिक भिडियोले दर्शक श्रोताहरूको मन जित्ने कुरामा विश्वास लिएका रक गायक सुदिप कुमार थकालीले “एक बचन बोल्दैमा” नेपाली साङ्गीतिक आकाशको रक गायनमा नौलो आयाम थप्ने कुरामा विश्वस्त छन् । साथै यो आफ्नो गीतको म्युजिक भिडियोलाई हेरेर दर्शक आफ्नो अमूल्य कमेन्ट गरी दिनुहुन पनि आग्रह गरेका छन्। आफू जहाँ रहे पनि संसारको जुनसुकै मुलुकमा रहे पनि नेपाली गीत सङ्गीतलाई माया गर्दै भविष्यमा पनि यस्तै दर्शक श्रोताहरू माझ गीतहरू, म्युजिक भिडियो लिएर नेपाली संगतिक फाँटमा आउने कुरा उनी बताउछन् ।

 



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम