Logo

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतार प्रस्थान



काठमाडौं, २८ कात्तिक । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतार प्रस्थान गरेको छ ।

टी–ट्वान्टी क्रिकेट सिरिजको तयारीको लागि नेपाली टोली आज कतार प्रस्थान गरेको हो ।

आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारीमा रहेको नेपाली महिला टोलीले कतारसँग टी–ट्वान्टी सिरिज खेल्ने छन् ।

नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने छन् ।

नेपाली टिम दुई दिन अघि मात्र बंगलादेशमा तयारी सकेर स्वदेश फर्किएको थियो ।

विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्