Logo

इस्टोनियामाथि बेल्जियमको जित



काठमाडौं, २८ कात्तिक । बेल्जियम सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।

युरोपियन छनोट अन्तर्गत शनिबार राति भएको खेलमा इस्टोनियालाई ३–१ गोल अन्तरले हराउदै बेल्जियमले विश्वकपमा स्थान पक्का बनाएको हो ।

खेलको ११ औं मिनेटमा क्रिस्टियन बेन्टेकेले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए ।

५३ औं मिनेटमा यान्निक कारास्कोले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर बनाए ।

साथै, खेलको ७० औं मिनेटमा इरिक सोर्गाले गोल गर्दै इस्टोनियालाई २–१ को स्थितिमा ल्याएका थिए ।

७४ औं मिनेटमा थोर्गन हाजार्डले गोल गर्दै बेल्जियमलाई ३–१ को जित दिलाएका थिए ।

समूह ‘ई’मा रहेको बेल्जियम ७ खेलमा १९ अंक जोड्दै समूहको शिर्ष स्थानमा रहेको छ ।

यस्तै, ४ अंक जोडेको इस्टोनिया चौंथो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्