Logo

जनताको अदालत खुल्ला गर भन्दै सर्वोच्चको मूल गेटमा मोटरसाईकल लिएर पुगे युवाहरु (फोटोफिचर)



काठमाडौं, २८ कार्तिक । जनताको अदालत बन्द गर्न पाईँदैन भन्दै २५ वटा मोटरसाईकलमा युवाहरुले आज सर्वोच्च अदालतको मूल गेटअघि ¥याली निकालेका छन् । उनीहरुले जनताले न्याय पाउने अधिकार बञ्चित गर्न पाईँदैन, इजलास बहिष्कार गर्ने न्यायाधीशहरु मुर्दावाद भन्दै नारा लगाएका थिए । प्रदर्शनमा उत्रिएका एक दर्जन युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशन आन्दोलित छ। बारले आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्च छिर्न नदिने भनेको थियो । तर, बारको अवरोधको बावजुद पनि प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश गरेका हुन् । सर्वोच्च अदालतका दुवै ढोकामा ठूलो मात्रामा प्रहरी तैनाथ गरिएको छ । बारको अगुवाईमा कानून व्यवसायीहरु भने गेटमा धर्ना बसेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्