Logo

आईसीसी टी-ट्वान्टी विश्वकप फाइनल: अस्‍ट्रेलिया र न्युजिल्यान्ड भिड्दै



एजेन्सी, २८ कात्तिक। आईसीसी टी–ट्वान्टी विश्वकपको फाइनल खेल आज अस्‍ट्रेलिया र न्युजिल्यान्डबीच आइतबार साँझ हुँदैछ । न्युजिल्यान्ड पहिलो पटक टी–ट्वान्टी विश्वकप जित्ने लक्ष्यमा रहने हुँदा लडाइँ अन्तिम क्षणसम्म जारी रहने अनुमान छ ।

अस्‍ट्रेलिया र न्युजिल्यान्ड यसअघि पनि विश्वकपको फाइनलमा भिडेका थिए । तर सन् २०१५ मा भएको त्यो ओडीआई विश्वकप फाइनलमा अस्‍ट्रेलिया बलियो सावित भएको थियो । फिन्चले सो विश्वकपको फाइनल बिर्सेर खेल्नुपर्ने पनि बताएका छन् । यी दुई टिमको स्तरमा फरक छैन । हाम्रो खेल शैली पनि लगभग उस्तै छ । हो, यो विश्वकपमा न्युजिल्यान्डले अन्य टिमको भन्दा राम्रो बलिङ गरेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्