बैंक अफ काठमाण्डूले गर्यो मोडर्न रेमिटान्ससँग सम्झौता


काठमाडौं, २८ कात्तिक । बैंक अफ काठमाण्डूले मोडर्न रेमिटान्स प्रा.लि.सँग रेमिट्यान्स सम्झौता गरेको छ । बैंकले मोडर्न रेमिटान्ससँग देश तथा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भुक्तानी सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी रेमिट्यान्स भुक्तानी कार्यको सुरुवात गरेको जनाएको छ ।

बैंकको अनुसार नेपालका विभिन्न भूभागमा रेमिट्यान्स सेवा पु¥याउने उद्देश्यले विश्वका विभिन्न स्थानहरुबाट माडर्न रेमिटान्स मार्फत पठाएको रकम नेपाल भित्र रहेको बैंक अफ काठमाण्डूको सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउने भएको छ ।

हालसम्म बैंकले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।