Logo

यो ब्याक गियर नभएको आन्दोलन हो: अध्यक्ष शाक्य



काठमाडौँ, २८ कात्तिक। सर्वोच्च अदालत नेपाल बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको भूमिका कुनै पनि अवस्थामा आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् । सर्वोच्च अदालत परिसरमा धर्ना बसेका कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

आज (आइतबार) प्रधानन्यायाधीश जबराले तोकेको इजलास बहिस्कार गरेका सर्वोच्च अदालतका १९ जना न्यायाधीशबीचको बैठकबाट नियमावली संशोधन गर्ने र पेशी तोक्न गोलाप्रथा लागू गर्ने विषयमा भएको छलफलप्रति लक्षित गर्दै अध्यक्ष शाक्यले जबराको भूमिका स्वीकार नगर्ने बताएका थिए।

सर्वोच्च अदालत परिसरमा धर्ना बसेका कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्तासमेत रहेका शाक्यले भने, ‘यो ब्याक गियर नभएको आन्दोलन हो । हामी यो आन्दोलनलाई तुहाउन दिन्नौं ।’



प्रतिक्रिया दिनुहोस्