Logo

बद्रीबहादुर कार्कीले भने–‘अब प्रधानन्यायाधीश जबरालाई हामीले डन्ट टच त चेयर भन्नुपर्ने अवस्था आउँछ’ (भिडिओसहित)



काठमाडौं, २८ कार्तिक । बरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाट भैरहेको अपमानजनक, अन्यायपूर्ण तथा भत्र्सनायोग्य कामकारबाहीहरु भैरहेको टिप्पणी गरेका छन् । नेपाल बार एशोसिएशनको परिसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अधिवक्ता कार्कीले यस्तो बताएका हुन् ।

उनले भने,‘बार एशोसिएशनको आवाज भनेको कुनै एक जना व्यक्ति, या एक जना वकिल या केही समूहको आवाज होईन, यो कुनैपनि देशमा मैले अघिल्लो पटक सम्बोधन गर्दा भनेको छु, म आज दोस्रो पटक यसरी सम्बोधन गर्दैछु, संसारको कुनै देशमा पनि न्याय र कानूनी व्यवस्थाको बारेमा सोध्नुपर्यो संस्थागत आवाज भनेको बार हो । हाम्रो आवाजलाई सार्वजनिक सञ्चारमार्फत प्रचारप्रसार गर्नुभयो । केही व्यक्तिलाई केही समयसम्म भ्रममा राख्न सक्दछ, पदमा बसेकाहरुको क्रियाकलापको सर्भे गरिरहनुभएको छ ।’

अदालत खोल्नुपर्ने माग गर्ने महिलाहरुमाथि आक्रमण देखि अपशब्द प्रयोगको भिडियो भाइरल

उनले प्रधानन्यायाधीश जबराले पदको अपमान गरेको पनि आरोप लगाए । उनले भने,‘यदि उहाँ साँच्चिकै सम्मानि व्यक्ति हो, र आफ्नो पदको जिम्मेवारी सम्मानसाथ पूरा गराउने व्यक्ति हो भने मेरो अदालतबाट प्रहरी हट्नुपर्छ भन्नुपर्छ । तर, यो सबै कुराको कल्पना पनि छैन् । तपाईं राजीनामा गर्नुहोस भन्यौं । अब सायद भन्नुपर्ने हुन्छ कि डन्ट डच द चेयर, तपाईँ यति पोलुटेड हुनुभयो, अब तपाईँले कुर्सी छोएपनि अन्याय हुन्छ ।’ तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्