Logo

प्रधानन्यायाधीश विरुद्ध उत्रिए रौतहटका वकिलहरु



रौतहट, २८ कात्तिक । नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै गरीरहेको आन्दोलनमा रौतहटका कानुन व्यवसायीहरुले एक्यवद्धता जनाउँदै आन्दोलनमा उत्रिएका छन् ।

रौतहट जिल्लाका सबै कानुन व्यवसायीहरु आज १० बजेदेखि हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका हुन् ।

कानुन व्यवसायीहरु आज १० बजेदेखि १२ बजेसम्म जिल्ला अदालत परिसरमा धर्ना बसेका थिए । प्रधानन्यायाधीश जबरालाई कार्यालयमा प्रवेशमा रोक लगाउने भन्दै बार आन्दोलनमा उत्रदै गर्दा उनीहरु बारको विरोध गर्न अदातलमा पुगेका थिए । जबराको समर्थनमा उत्रिए पछि उनीहरुलाई प्रहरीले तुरन्तै पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्