Logo

‘मेरो पेशी कहिले आउँछ श्रीमान’ ? भन्दै माईतीघरमा न्यायाधीश र वकिलहरुको विरुद्धमा प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २८ कार्तिक । नेपाल बार एशोसिएशनको आन्दोलनो विरुद्धमा युवाहरुले आज माईतीघरमा प्रदर्शन गरेका छन्। उनीहरुको बारको आन्दोलनको औचित्य नभएको र जनताले न्याय पाउने अधिकार बञ्चित गरिन नहुने आवाज उठाएका छन् ।

प्रदर्शनमा उत्रिएकाहरुले बोकेको प्लेकार्डमा ‘मेरो पेशी कहिले आउँछ श्रीमान् ?’, दबाबको शासन अन्त्य गर, विधिको शासन लागु गर, बेञ्च बहिष्कार अन्त्य गर’ लगायतका नारा लगाएका थिए । केहीबेर अघि सर्वोच्च अदालतको मूल गेटअघि सर्वोच्च अदालत सुचारु गर, जनतालाई न्यायबाट बञ्चित नगर भन्दै युवाहरुले मोटरसाईकल र्याली गरेका थिए ।  तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्