Logo

विश्वकप फुटबलमा यूरोपबाट यी टोली छनोट



एजेन्सी, २८ कात्तिक । कतारमा २०२२ मा हुने विश्वकपमा यूरोपबाट थप दुई टोलीहरु छनोट भएका छन् । गएराति सम्पन्न खेलमा सानदार जीत हासिल गर्दै विश्वकप विजेता फान्स र फिफा वरियतामा शिर्ष स्थानमा रहेको बेल्जियम छनोट भएका छन् ।

समूह डीमा फ्रान्स १५ अंकका साथ एक खेल बाँकी रहँदै छनोट भएको हो । यो समूहमा फिनल्यान्ड र युक्रेनमध्ये एक प्ले अफका लागि छनोट हुनेछन् । बोस्निया हर्जगोभनियामाथि उसकै मैदानमा ३-१ को जीत निकाल्दै फिनल्यान्डले प्ले अफको आशा जिवित राखेको हो ।

समूह ईमा बेल्जियम १९ अंकका साथ शिर्ष स्थानमा रहँदै कतार विश्वकपमा छनोट हुन सकेको हो । अब वेल्स र चेक रिपब्लिकमध्ये एक देश प्ले अफमा छनोट हुनेछन् ।
समूह एफको डेनमार्क र समूह जे को जर्मनी छनोट भइसकेका छन् । अहिलेसम्म ४ टोली छनोट भएकामा समूह चरणबाट अझै ६ टोलीले शिर्ष स्थान बनाउँदै छनोट हुनेछन् । बाँकी ३ टोलीले प्ले अफ खेल्नुपर्नेछ ।

लागि यूरोपेली क्षेत्रबाट १३ टोलीका लागि स्थान छ । केही टोलीहरुले स्थान पक्का गरिसकेका छन् ।

डेनमार्क छनोट भइसकेको छ । समूह एफको उसले ९ खेल खेल्दा २७ अंक जोडेको छ । उक्त समूहबाट स्कटल्यान्ड प्ले अफका लागि छनोट भएको छ ।

समूह जे को जर्मनी छनोट भइसकेको छ । उसले ९ खेल खेलेर २४ अंक बनाएको छ । उक्त समूहमा नर्थ मेसोडोनिया र रोमानियामध्ये एक प्ले अफका लागि छनोट हुनेछन् ।

समूह ए मा पोर्चुगल र सर्बियामध्ये एक टोली छनोट हुने निश्चित भएको छ । यी दुई टोली समान १७ अंकमा छन् । अन्तिम खेलमा यी दुई टोलीको नतिजाले विश्वकपमा सिधै छनोट हुने या प्ले अफ खेल्ने टुंगो लाग्नेछ ।

समूह बीको स्पेन र स्वीडेनमध्ये एक टोली छनोट हुनेछन् । एक खेल बाँकी रहेको दुवै टोली जित्नैपर्ने वाध्यतामा छन् । स्पेनको १६ र स्वीडनेका १५ अंक छ ।

समूह सीको इटाली र स्वीटजरल्यान्ड समान १५ अंकमा छन् । दुवै टोलीले अन्तिम खेलबाट सिधै छनोट हुने वा प्ले अफ खेल्नुपर्ने निर्धारण हुन्छ ।

युक्रेन ७ खेल खेल्दै ९ अंकमा छ । फिनल्यान्ड ११ अंकमा छ । यो टोलीमा चेक रिपब्लिक र वेल्स प्ले अफका लागि स्थान पक्का गर्न संघर्षरत छन् ।

समूह जीमा रहेका नेदरल्यान्ड र नर्वे सिधै छनोटको प्रतिष्पर्धामा छन् । नेदरल्यान्ड १९ र नर्वे १७ अंकमा छन् । १५ अंकको टर्कीले प्ल्े अफको आशा मारेको छैन ।

समूह एचमा रुस र क्रोएयिसाबीचको खेलले विश्वकपमा कुन देश छनोट हुने टुंगो लाग्नेछ । यी दुईमध्ये कुनै एक देश प्ले अफमा हुनेछन् ।

समूह आइमा रहेको इंग्ल्यान्ड छनोटको नजिक छ । उसले बाँकी खेल बराबरी गरेमात्र कतारको टिकट काट्नेछ । पोल्यान्ड पनि कम्तिमा प्ले अफ पक्का गर्न सफल भइसकेको छ ।

यूरोपबाट १३ राष्ट्र कतारमा हुने विश्वकप फुटबलमा सहभागी हुने छन् । जसमध्ये १० समूहका समूह विजेता सिधै छनोट हुनेछन् । बाँकी ३ राष्ट्रले प्ले अफ खेल्नुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस्