Logo

विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने पर्यटनमन्त्री आलेको घोषणा



काठमाडौं, २८ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आिन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने घोषणा गरेका छन्। आज (आइतबार) नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६औँ प्राज्ञ सभाको समुद्घाटन समारोहमा मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका हुन्।

उनले यात्रुहरुले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेपछि अब विमानस्थलमा ४ वटा सटल बस निःशुल्क सञ्चालन गरिने बताए। केही दिन पहिले पनि मन्त्री आलेले आन्तरिक विमानस्थलमा पुगेर यात्रुहरुले पाएको सास्ती हेरेर गोल्डेन गेटसम्म माईक्रो सञ्चालन गर्ने भन्दै उद्घाटन गरेर आएका थिए । पछिल्लो समय मन्त्री आले एक्शन–ओरियन्टेड मन्त्रीको रुपमा परिचित छन् । जनतालाई कुनैपनि हालतमा सास्ती हुन नहुने उनको भनाई रहँदै आएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 

 



प्रतिक्रिया दिनुहोस्