Logo

काठमाडौं उपत्यकाका सबै बार इकाईलाई आन्दोलनमा सहभागी हुन आग्रह



काठमाडौं, २८ कात्तिक । काठमाडौं उपत्यकाका सबै बार इकाईहरु भोली सोमबारदेखि सर्वोच्च अदालतमा केन्द्रीत हुने नेपाल बारले जनाएको छ ।

बारका महासचिव लीलामणि पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बारको आन्दोलन दबाउनका लागि बिचौलिया र भिजिलान्ते प्रयोग गरेको आरोप लगाए ।

भोलीदेखि प्रधानन्यायाधीश विरुद्ध थप आन्दोलन सशक्त हुने भन्दै पौडेलले सबै बार इकाईका वकिलहरुलाई आन्दोलनमा सहभागी हुन पनि आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्