Logo

मुस्ताङमा हिम पहिरो जाँदा शिक्षक र विद्यार्थी घाइते



मुस्ताङ, २८ कात्तिक । मुस्ताङमा आइतबार बिहान ११ बजेतीर भीषण हिम पहिरो जाँदा भागदौडको क्रममा ३ जना घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङ, लार्जुङ र बोक्सी खोला माथि हिमाली लेकमा भीषण हिम पहिरो जाँदा दुई शिक्षक र एक विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

प्रहरीको अनुसार थासाङ गापा मार्थि धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको थियो । हिमपहिरो करीब ३० मिनेटसम्म जारी रहेकोे प्रहरीले जनाएको छ ।

अकस्मात हिम पहिरो आएपछि कोवाङ, लार्जुङ, नाउरिकोट, बोक्सी खोलालगायतका स्थानमा बसोबास गर्ने स्थानियहरुको भाग दौड मच्चिएको थियो । बेनी–जोमजोस सडक यातायात समेत ३० मिनेट सम्म बन्द गर्न परेको थियो ।

हिमालबाट उर्लिएको हिमपहिरोको कारण कोवाङमा रहेको जनआदर्श अमरसिंह माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरु भागदौड गर्ने क्रममा घाइते भएको हुन् । दुई शिक्षकहरुको र एक विद्यार्थीको खुट्टा भाँचिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्