Logo

गायक योगेश्वर अमात्यका ८ गर्लफ्रेन्ड (भिडियोसहित)



काठमाडौं, २८ कात्तिक । लोकप्रीय गायक योगेश्वर अमात्यले आफूले ८ जना गर्लफ्रेन्ड बनाएको खुलाएका छन् । धमलाको हमलामा उनले आफ्ना ८ गर्लफ्रेन्डबाट खुलाएका हुन् ।

‘गर्लफ्रेन्ड नभएसम्म युवा पूरा हुँदैन जस्तो लाग्छ,’ अमात्यले भने,‘त्यसैले मलाई पनि गर्लफ्रेन्ड बनाउन मन लाग्यो र बनाएँ ।’ सबै गर्लफ्रेन्ड विवाह अघि बनेको सुनाए ।

विवाह पछि गर्लफ्रेन्ड नभएको बताए । उनले भने,‘अब गर्लफ्रेन्ड बनाउन हुँदैन, बनाउन खोजे श्रीमतीको कुटाई खाइन्छ ।’ मायामा निस्वार्थपन हुनुपर्ने बताए ।

अमात्यले गर्लफ्रेन्ड बनाउन सेक्सका लागि मात्र नभएको तर्क गरे । उनले भने,‘सेक्स सम्बन्ध राख्ने पनि रमाइलो हो । तर, सम्बन्ध आत्माको मिलन हो ।’

केटा र केटी दुवैले एक अर्काको साथ खोज्ने बताए । उनले कुरा बिसाउन पाउने र मलम लगाउन पाउने साथी हुनुपर्ने बताए ।

आफूलाई प्राकृतिक रुपमा सुन्दर महिला मनपर्ने सुनाए । उनले भने,‘मलाई न्याचरल ब्युटी मनपर्छ ।’ आफ्नो पत्नी मंगला श्रेष्ठ न्याचरल ब्युटी भएको सुनाए ।

आफ्नो व्यक्तित्व फरक भएकाले कतिपय ठाउँमा कुटाई पनि खाएको सुनाए । उनले तेक्वान्दो समेत नेपालमा भित्राएको खुलाए ।



प्रतिक्रिया दिनुहोस्