Logo

भारतीय सेना प्रमुख नाराभाने इजरायलको पाँच दिने भ्रमणमा



२८ कात्तिक : भारतका सेना प्रमुख एमएम नाराभाने आइतबार इजरायल प्रस्थान गरेका थिए । दुई देशका बीचमा सहकार्य र सम्वन्ध थप बढाउने नै भ्रमणको मुख्य उद्धेश्य रहेको भारतीय सेनाले जनाएको छ ।

“भावी रणनीतिक सहकार्य र योजनाका लागि दुई देशका बीचमा छलफल गर्न सेना प्रमुख जान लाग्नु भएको हो,” सेनाको आधिकारीक ट्वीटर हेन्डलमा लेखिएको छ । भारतका विदेश मन्त्री एस जयशंकर र रक्षा सचिव अजय कुमारले इजरायलले भ्रमण गरेको एक हप्तापछि सेना प्रमुखले भ्रमण गरेका हुन् । रणनीतिक हिसावले महत्व राख्ने दुई देशका सेनाको सम्वन्ध विस्तारका लागि सुरु भएको उनको पाँच दिने भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्