Logo

वीपीले योगेश्वर अमात्यलाई भनेका थिए: कम्युनिजम निष्कृय मानिसहरुको सुखसुविधाका लागि हो



काठमाडौं, २८ कात्तिक । लोकप्रीय गायक योगेश्वर अमात्यले आफ्नो घरमा नेपालका प्रथम नवनिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आउने गरेको खुलासा गरेका छन् । ऋषि धमलाको कार्यक्रम धमलाको हमलामा बोल्दै उनले वीपी कोइरालासँगको महत्वपूर्ण क्षणहरु यसरी खुलासा गरेका छन्:

मेरो घरमा वीपी कोइराला आउनुहुन्थ्यो । मेरो वीपीसँग डिबेट हुन्थ्यो । म युवावस्थामा थिएँ । त्यसैले मेरो पीढींकाहरुको कुरा बुझ्न खोज्नुहुन्थ्यो ।

मैले आफू कम्युनिस्टप्रति लचिलो भएर कुरा गरेँ । वीपीले भन्नुभयो,‘योगी, कम्युनिजम इज लक्जरी फर अ आइडल म्यान ।’

वीपी तीन या चारपटक घरमा आउनुभयो । वीपीले मलाई तीनवटा हटलाइन फोन नम्बर दिनुभएको थियो । तर, मैले कहिले फोन गरिनँ ।

वीपीलाई मैले रक्सी हालिदिएको छु । उहाँलाई रक्सी मन पथ्र्यो । मेरो ड्याडसँग वीपीको राम्रो सम्बन्ध थियो । २००७ सालमा राजा भगाउँदा ड्याड युवावस्थामा हुनुहुन्थ्यो । उहाँ त्यतिबेला हैदरावाद हाउसमै हुनुहुन्थ्यो भन्ने थाहापाएको छु ।

बेलायत कम्युनिस्ट जस्तै देश हो । त्यहाँ जनतालाई सुखसुविधा दिइएको छ । मलाई त्यस्तै होस् भन्ने लाग्छ ।

म समाजवादी धारणा राख्थे । मे डेमोक्रयाट समाजवादी हुँ । सबैलाई घर दिने, सबैको गाडी, सुख सुविधा दिने देश होस् भन्ने लाग्छ ।

म राजाको पक्षमा हुँ । देशमा राजा चाहिन्छ । म राजाको प्रशंशक हुँ ।

देशमा जनमतसंग्रह भएमा म राजाको पक्षमा मत हाल्छु । देशमा हिन्दु राष्ट्र फाल्नु थियो र राजालाई फालेको हुनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्