Logo

मुस्ताङमा हिमपहिरो खस्दाको भागदौड (भिडियोसहित)



काठमाडौं, २८ कात्तिक । यो मुस्ताङमा गएको हिमपहिरोको दृश्य हो । हिमपहिरो खस्दा भागदौड मच्चिएको देखिन्छ । मानापाथी हिमालबाट हिमपहिरो खसेको हो ।

थासाङ गाउँपालिकाको कोवाङको याङदेल खर्कमा हिमपहिरो गएपछि अमरसिंह माविका विद्यार्थीहरुको भागदौड मच्चिएको थियो । त्यसक्रममा ६ जना विद्यार्थी घाइते भएको बुझिएको छ । घाइते विद्यार्थीहरुको उपचार भइरहेको छ ।

हिमपहिरोका क्रममा हावा बेगले चलेको बुझिएको छ । मानवीय क्षति नभएपनि जनावरहरुलाई क्षति पुगेको हुनसक्ने आशंका गरिएको छ । क्षतिबारे यकिन भइसकेको छैन ।

 



प्रतिक्रिया दिनुहोस्