Logo

आज संक्रमणबाट थप ६ को मृत्यु



काठमाडौं, २८ कात्तिक । कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आज नेपालमा कोरोनाका ३ सय ६ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ९ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ३ सय ४८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९८ हजार २ सय ७४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ९ हजार ६ सय ६ जनामा संक्रमण पुष्टि भएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot