Logo

‘महिला दिदिबहिनीहरुमाथि कुटपिट गर्ने र रण्डी भनेर गाली गर्ने वकिलहरुलाई तत्काल कारबाही गर्न माग’ (भिडिओसहित)



सडकमा ल्याएर खुट्टा ढोगाएर माफी माग्न लगाईने चेतावनी

काठमाडौं, २८ कात्तिक । जनताको आयोग महाअभियान कार्य समितिले शान्तिपूर्ण तवरले आफूहरुले आन्दोलन गरेको अवस्थामा सर्वोच्च अदालत परिसरभित्रै महिला अभियन्ताहरुमाथि बरिष्ठ अधिवक्ताहरुले कुटपिट गरेको र तल्लोस्तरको गाली गरेको भन्दै उक्त घट्नाको निन्दा र घोर आपत्ति जनाएको छ ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै अभियानले महिला अभियन्ताहरुमाथि हातपात गर्ने फोहोरी शब्द प्रयोग गरेर गाली गर्ने वकिलहरुलाई हदैसम्मको कारबाही गर्नसमेत माग गरेको छ। महाअभिानकी संयोजक तारा बरालले अदालत परिसरभित्रै अपशब्द बोल्ने वकिलहरुविरुद्ध आफुहरु कानूनी प्रक्रियामा अगाडि बढेको जानकारी दिईन् । उनले वकिलहरुले आफूहरुमाथि कुटपिट र रण्डी भनेर गाली गरेको बताईन् ।

साथै, उनले जनतालाई न्याय दिने सर्वोच्च अदालतलाई बन्दी बनाएर कालो कोट लगाउनेहरु भारु र डरलबाट चल्न थालेको समेत गम्भीर आरोप लगाईन् । उनले न्याय पाउने थलो सर्वोच्च अदालतलाई प्यारालाईसिस गराएर राखिएको पनि टिप्पणी गरिन् ।

‘तीन÷चार दिन अघि गृहमन्त्री, सञ्चारमन्त्री ज्ञानेन्दबहादुर कार्की र शेरबहादुर देउवालगायतका नेताहरुले बारका पदाधिकारीलाई हामी देखिदैनौं तर, जसरी हुन्छ प्रधानन्यायाधीशलाई फालेर छोड भनेर निर्देशन दिएको पाइएको छ’–उनले भनिन् । उनले वकिलहरुले महिला÷दिदिबहिनीहरुलाई दिनदाहाडै पिटेको भन्दै उनले यसरी पिट्नेमा अधिवक्ता डा. दिनेश त्रिपाठी, लिलामणि पौडेललगायतको नामसमेत लिएकी थिईन् ।

बार–बेन्च सम्वनय समितिलाई गद्दारहरुको समूहले वकिल र न्यायाधीशहरुको बिचमा पैसाको बार्गेनिङ गर्ने काम गर्ने गरेको पनि बरालको आरोप थियो । उनले महिलाहरुमाथि वकिलहरुले दमन गर्दा प्रहरी प्रशासन मुकदर्शक भएर बसेको गुनासो पोखिन् । त्यस्तै, उनले न्यायाधीश सपना प्रधान मल्लले पृथ्वी मल्लको मुद्दामा अभियुक्तलाई सफाई दिँदा पैसामा डिल गरेको अडियो फेला परेको बताउदै सार्वजनिक गर्ने चेतावनी दिएकी छिन् । पृथ्वी मल्लले चलाएको कारले ठक्कर दिँदा बुढानिलकण्ठमा एक महिलाको घट्नास्थलमै मृत्यु भएको थियो । त्यो हिट एण्ड रन केस थियो ।

यस्तै, बरालले बरिष्ठ अधिवक्ता तथा बारका पूर्व अध्यक्ष शम्भु थापाको ल फर्ममा उजुरी पर्दा न्यायाधीश दामोदर शर्माले उजुरी दर्ता, सुनुवाई र फैसला एकै दिनमा गर्दै ल फमको कुनै सामान बरामद नगर्ने र थुनामा नहाल्ने भन्दै फैसला गरेको पनि स्मरण गराएकीछिन् ।

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले बाराको प्रधुम्नराज पाण्डे रिट निवेदक भएको र मालपोत कार्यालय विपक्षी भएको मुद्दाा बिबिसीका नेत्र केसीको माध्यमबाट ड्राइभरले गाडि भरि पैसा ल्याएको पाइएको र त्यो आफुहरुसँग प्रमाण भएको उल्लेख गर्दै उनले आवश्यक परे सार्वजनिक गरिने बताइन् ।

साथै, उनले न्यायाधीश मिरा खड्काको दुईवटा नागरिता र दुइवटा जन्मदर्ता भएको विषयमा छानविन गर्नुपर्ने माग गरिन् । उनले भनिन्,‘यो विषयमा हामीले संवैधानिक परिषदमा उजुरी हालेका छौं । अविलम्ब छानबिन होस ।’ बरालले सर्वोच्च अदालत नियमित रुपमा सुचारु नभए र न्यायाधीश इजलासमा नफर्किए कार्तिक ३० गतेबाट आफुहरु आमरन अनशनमा बस्नेसमेत चेतावनी दिईन् ।

त्यस्तै, कार्यक्रममा महिला अधिकारकर्मी सावित्री सुवेदीले न्यायलयभित्र महिलाहरुको चीरहरण भएको घट्नाप्रति खेद प्रकट गरिन् । उनले यस्तो घट्ना हुदाँपनि महिला आयोग र न्यायालय केही नबोलेको भन्दै दुःख व्यक्ति गरिन् ।

उनले बार एशोसिएशनलाई विचौलिया एशोसिएशनको संज्ञा दिईन् । उनले भनिन्,‘यो बार एशोशिएशनबाट आम जनतालाई अब केही पनि अपेक्षा छैन् ।’ उनले महिलाहरुले गरिरहेको अभियानमा आफ्नो पूर्ण समर्थन रहेको पनि विश्वास दिलाईन् । र, आगामी दिनमा अझै सशक्त भएर लाग्न पनि उनले आग्रह गरेकी छिन् । साथै, उनले महिलाहरुलाई दुव्र्यवहार गर्नेहरुलाई सडकमा ल्याएर खुट्टा ढोगाउने पनि चेतावनी दिईन् ।

यस्तै, अर्की अभियन्ता गोमा घिमिरेले न्यायालयमा समेत राजनीतिकरण भएको भन्दै दुःख व्यक्त गरिन् । साथै, उनले आफुहरुमाथि न्यायालयभित्र हातपात गर्ने र अपशब्द बोल्ने अधिवक्ताहरुमाथि कडाभन्दा कडा कारबाही गर्न समेत प्रहरी प्रशासनसमक्ष माग गरिन्् । उनले यो व्यवस्था नै परिवर्तन गर्नुपर्ने भन्दै त्यसको लागि आफुहरु मर्न र मार्न तयार रहेको चेतावनी दिईन्।

कार्यक्रममा मेनुका दंगालले आफूहरुमाथि न्यायालयभित्रै हातपात भएको र अपशब्द प्रयोग भएको भन्दै यसको विरुद्धमा कानूनी उपचारमा जाने स्पष्ट पारिन् । उनले भने,‘हामी त जनतालाई न्याय पाउने अधिकारबाट बञ्चित गरिनुहुँदैन भनेर प्रदर्शनमा उत्रिएका थियौं । तर, अदालत परिसरभित्रै हामीमाथि वकिलहरुबाट हातपात भयो । फोहोरी शब्द प्रयोग गरेर गाली गरिएको छ । यो निन्दनीय घट्ना हो । हामी यसको विरुद्धमा पुलिस केश गर्दैछौं ।’ उनले आफूहरुमाथि प्रधानन्यायाधीश जबराको मान्छे भनेर लगाईएको आरोपमा कुनै सत्यता नभएको पनि स्पष्ट पारिन् । उनले आफूहरुले पैसा खाएको भनेर लगाएको आरोपमा सत्यता नभएको भन्दै आफूहरुको बैंक ब्यालेन्स हेर्नसमेत अनुरोध गरेकी छिन् ।

त्यस्तै, कार्यक्रममा अर्का वक्ता मनिष मानव, लक्ष्मी अधिकारी, वीरेन्द्र डंगोल र महिमा शाहीलगायतले आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका महिला दिदिबिहिनीहरुमाथि हातपात गर्नेहरुमाथि कानूनी कारबाही हुनुपर्ने आवाज उठाएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्