Logo

सरकारविरुद्ध एमालेनिकट अखिलले निकाल्यो राँको जुलुश, देउवाको पुत्ला दहन (फोटोफिचर)



काठमाडौं, २८ कार्तिक । सरकारकै निर्देशनमा नेपाल आयग निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट अनेरास्ववियुले आज काठमाडौंमा राँको जुलुश निकालेको छ। काठमाडौंको प्रदर्शनीमार्गस्थित् आर.आर. क्याम्पसअघि उनीहरुले राँको जुलुश निकालेका हुन् ।

सो क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लाससमेत दहन गरेका थिए । मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राखिने पनि अखिलले चेतावनी दिएको छ । जनताको ढाड सेक्नेगरि सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थसहित अति आवश्यक खाद्य वस्तुमा समेत मूल्यवृद्धि गरेको भन्दै अखिलले यथाशक्य चाँडो मूल्यवृद्धि फिर्ता लिन चेतावनी दिएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्