Logo

विमान दुर्घटनामा ज्यान गुमाएकी एकता अधिकारीको परिवारले कति क्षतिपूर्ति पाउलान् ?



काठमाडौं, २८ कात्तिक । इथियोपियाली विमान दुर्घटना भएको २ वर्षपछि अमेरिकी विमान निर्माता कम्पनी बोइङले मृतकका परिवारलाई क्षतिपूर्ति दिने भएको छ । बोइङले मृतकका परिवारको मागलाई सम्बोधन गर्ने गरी क्षतिपूर्ति दिने घोषणा गरिसकेको छ ।

१४९ यात्रु र ८ चालकदलका सदस्यको १० मार्च २०१९ मा विमान दुर्घटनामा मृत्यु भएको थियो । बोइङको म्याक्स विमानहरुमा समस्या आएको विषय उठिरहँदा दुर्घटना भएको थियो । २०१८ मा इन्डोनेशियामा बोइङको म्याक्स दुर्घटना भएको थियो । जसका कारण बोइङका विमानहरु सँसारभर ल्यान्ड गरी उडान रोक गरियो ।

विमान कम्पनीले ठूलो आरोप खेप्यो । उसले प्रस्ताव गरेको क्षतिपूर्ति मृतकका परिवारले अस्वीकार गरे । दुई वर्षपछि बल्ल बोइङले क्षतिपूर्तिका लागि मृतकका परिवारले अमेरिकाको सिकागोस्थित अदालतमा दायर गरेको रिटको मागदाबीलाई स्वीकारेको छ । बोइङ र मृतकका परिवारबीच सम्झौता भएको छ ।

अमेरिकाले पीडित कोष खोलेर १४ लाख ५० हजार डलर प्रति परिवार दिने घोषणा गरेको थियो । यो १६ करोड रुपैयाँ हुनआउँछ । नेपालकी एकता अधिकारीले कम्तिमा १६ करोड रुपैयाँ क्षतिपूर्तिवापत् प्राप्त गर्नेछिन् । यसबाहेक बोइङले पनि प्रति परिवार करोडौै नेपाली रुपैयाँ बराबरको रकम क्षतिपूर्तिस्वरुप प्रदान गर्नेछ । उनले दशौं करोड क्षतिपूर्ति पाउने भएकी छिन् ।

गोरखा घर भएकी एकता अधिकारी विश्व खाद्य कार्यक्रममा नेपालमै काम गरेर पछि इथियोपिया पुगेकी थिइन् । उनको २८ वर्षको उमेरमा निधन भएको थियो । पपुवा न्युगिनीमा समेत भूकम्पको बखत काम गरेकी थिइन् । अदिस अबाबामा सप्लाई चेन अफिसरका रुपमा कार्यरत थिइन् ।



प्रतिक्रिया दिनुहोस्