Logo

अष्ट्रेलियाले जित्योआईसीसी टी-२० विश्वकपको उपाधि



काठमाडौं, २९ कार्तिक । आईसीसी टी-२० विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । आइतबार भएको फाइनलमा न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधि कब्जा गरेको हो । उता, पहिलो पटक टी-२० विश्वकपको फाइनल पुगेको न्यूजिल्याण्ड उपविजेतामै सिमित भयो ।

सन् २०१५ को ओडीआई विश्वकपको फाइनल पुगेको न्यूजिल्याण्ड अष्ट्रेलियासँगै पराजित भएको थियो । युएईको दुबईमा मिचेल मार्श र डेभिड वार्नले शानदार ब्याटिङ गरेपछि केन विलयम्सको ८५ रनलाई छायामा पार्यो ।



प्रतिक्रिया दिनुहोस्