Logo

मन्त्री रेग्मीद्वारा बाल सुधारगृह अवलोकन



काठमाडौं, २९ कार्तिक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बाल सुधारगृह भक्तपुरको भान्सा सुधार गर्न निर्देशन दिएकी छिन् । बाल सुधारगृह भक्तपुरको आइतबार अवलोकन गर्दै उनले बाल सुधारगृह व्यवस्थित तरिकाले सञ्चालन गरेकामा व्यवस्थापन समितिलाई धन्यवाद समेत दिईन् ।

“खाना पकाउने र खाने ठाउँ व्यवस्थित र सफा हुनुपर्छ”, उनले भनिन्। मन्त्री रेग्मीले बालबालिकालाई आधुनिक शैलीमा अध्यापन गराउन र पाठ्यक्रममा नैतिक शिक्षालाई बढी जोड दिन आग्रह गरिन् । पारिवारिक वातावरणमा अध्यापन गराउँदा बाल बालबालिकालाई खुल्न सजिलो हुने मन्त्री रेग्मीको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्