Logo

सभापति देउवाको विरुद्धमा मिडियामा आए डढेलधुराका सभापति मल्ल, लगाए यस्ता आरोप (भिडिओसहित)



काठमाडौं, २९ कार्तिक । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका डढेलधुराका सभापति कर्णबहादुर मल्लले सभापति शेरबहादुर देउवाले आफ्नो जिल्लामा गलत तरिकाले अधिवेशन गरेको आरोप लगाएका छन् । उनले आफूले गलतलाई गलत र सहीलाई सही भन्ने भन्दै सत्यको पक्षमा सधैं आवाज उठाउने पनि बताए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सभापति देउवाले आफूले बोलेका कुरा पनि पूरा नगरेको गम्भीर आरोप लगाए । उनले सभापति देउवाले आफू सभापति भए किसुनजी र गणेशमानले जस्तै पार्टी चलाउँछु भनेर भनेकोमा त्यो बोलीमा अडिग नरहेको जिकिर गरे ।

उनले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको विरुद्धमा आफूहरु नभएको बरु सभापति नै आफूहरुको विरुद्धमा लागेको आरोप लगाए । उनले सभापति देउवाले शक्तिको दुरुपयोग गर्न नहुने जिकिर गरे । उनले सभापति देउवाले शक्ति नेपाली जनता र कांग्रेसजनबाट पाएको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस्