Logo

अर्मेनियामाथि जर्मनीको शानदार जित



काठमाडौं, २९ कात्तिक । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा समूह चरणको खेलमा जर्मनीले शानदार जित निकालेको छ ।

आइतबार राति भएको खेलमा जर्मनीले अर्मेनियालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको १५औं मिनेटमा जर्मनिका काइ हार्भटेजले गोल गर्दै टोलीलाई सुरुवाति अग्रता दिलाएका थिए ।

साथै, पहिलो हाफको इन्जुरी समयमा इल्के गुन्डोगानले गोल गर्दै जर्मनिको अग्रता दोब्बर बनाए ।
खेलको ५९औं मिनेटमा अर्मेनियाका हेनरिक मिखीटेरीयानले एक गोल फर्काए ।
यस्तै, खेलको ६४औं मिनेटमा जोनास होफम्यानले गोल गर्दै जर्मनिलाई शानदार जित दिलाए ।

यस जितसँगै समूह ‘जे’ को जर्मनीले १० खेलमा २७ अंक जोडेको छ । जर्मनी यसअघि नै विश्वकपमा छनोट भईसकेको छ ।
१२ अंक जोडेको अर्मेनिया चौंथो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्