Logo

रुसले भारतलाई एस–४०० क्षेप्यास्त्र पठाउन सुरु



एजेन्सी, २९ कात्तिक। : डिसेम्बर ६ मा रुस र भारतबीचको समिट अन्तरगत रुसले भारतमा एस-४०० क्षेप्यास्त्र पठाउन प्रक्रिया सुरु गरेको छ। रुसले चर्चित एस-४०० ट्रायम्फ नामक वायु क्षेप्यास्त्र प्रणाली वितरण सुरु गरेको हो। सैन्य प्राविधिक सहयोग संघीय सेवाका निर्देशक दिमित्री शुगैवले स्थानीय सञ्चारमाध्यसँग बताएअनुसार रुसले एस-४०० वायु रक्षा प्रणाली पठाउन गरिसकेको छ भने आगामी डिसेम्बर मध्यसम्म भारत पुग्ने जनाइएको छ ।

भारत र रुसबीच सन् २०१६ अक्टोबर १५ मा मिसाइल सिस्टम सम्झौता भएको थियो। सम्झौताअनुसार नै करिब ५.४३ बिलियन डलर (४० हजार करोड भारु)मा एस-४०० मिसाइल सिस्टम वितरण प्रक्रिया सुरु भएको हो। एस-४०० ट्रायम्फले भारतको वायु रक्षा क्षेप्यास्त्र प्रणालीमा ठूलो भूमिका खेल्ने बताइएको छ। सो क्षेप्यास्त्रले भारतको रक्षा गर्ने र भारतविरुद्ध लड्ने दुस्मनको क्षेप्यास्त्र प्रहारलाई क्षणभरमै ध्वस्त पार्ने बताइएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्