Logo

स्विडेनलाई हराउदै स्पेन विश्वकपमा छनोट



काठमाडौं, २९ कात्तिक । स्पेन सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ ।

युरोपियन छनोट अन्तर्गत आइतबार राति भएको खेलमा स्विडेनलाई १–० गोलले हराउँदै स्पेन विश्वकपमा छनोट भएको हो ।

स्पेनको घरेलु मैदानमा भएको खेलमा अल्भारो मोराटाको गोलमा स्पेन विश्वकपमा छनोट भएको हो ।

खेलको ८६औं मिनेटमा ओल्मोको पासमा मोराटाले गोल गरेका थिए ।

यस जितसँगै समूह ‘बी’ को शीर्ष स्थानमा रहेको स्पेन ८ खेलमा १९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

यस्तै, १५ अंक जोडेको स्विडेन दोस्रो स्थानमा रहेको छ । स्विडेनको पनि विश्वकप यात्रा कायमै रहेको छ ।



प्रतिक्रिया दिनुहोस्