Logo

तालिवानले अफगानिस्तानका विभिन्न सात वटा प्रान्तमा पासपोर्ट जारी गर्दै



काबुल, २९ कात्तिक। तालिवानले अफगानिस्तानका विभिन्न सात वटा प्रान्तमा पासपोर्ट जारी गर्ने भएको छ। अफगानिस्तानको पासपोर्ट निर्देशनालयले बाल्ख, पाक्तिया, कान्दहर, कुन्दुज, हेरात, नांगरहर र खोस्ट प्रान्तमा आइतबारदेखि लागू हुनेगरी पासपोर्ट जारी गर्न लागेको हो।

स्थानीय मिडिया खामा प्रेसका अनुसार अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले उक्त निर्णय लिएको हो। पासपोर्ट सुविधाका लागि पहिलो चरणमा देशका सातवटा प्रान्तमा आइतबारदेखि जारी गर्न लागिएको पासपोर्ट निर्देशनालयका आलम गुल हक्कानीले खामा प्रेससँग बताएका छन्।

पहिलो चरणमा अनलाइनमार्फत् फारम भरेकाहरुलाई पासपोर्ट वितरण गरिने बताइएको छ। इ-परिचय पत्रको आधारमा नयाँ पासपोर्ट जारी गरिने बताइएको छ। तालिबानले सत्ता कब्जामा लिएपछि हालसम्म करिब ५ करोड पासपोर्ट छापिएको खामा प्रेसमा उल्लेख छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्