Logo

प्रधानन्यायाधीशद्धारा नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एसोसिएसनलाई सम्वादका लागि आह्वान (विज्ञप्तीसहित)



काठमाडौं, २९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई सम्वादका लागि आह्वान गरेका छन् । आज एक विज्ञप्ती जारी गर्दै उनले सम्वादमा आउन आग्रह गरेका छन् ।

विगतका केही हप्ता न्यायापालिकाको इतिहासमा कहिल्यै हुन नहुने वा हुन नपर्ने घट्नाहरुको कारणबाट स्मरण गरिनेछ भन्ने पनि उनको भनाई छ । उनले न्यायापालिकाले सधैंभरि विधिको बाटो मात्र हिँड्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गरेको पनि उनले उल्लेख गरेका छन् ।

वक्तव्यमा भनिएको छ,-“सर्वोच्च अदालत आम जनताले न्याय पाउने अन्तिम पवित्र संस्था हो । यसभन्दा माथि र पवित्र अन्य कुनै संस्था छैनन् । हामी सबैको आशा र भरोसाका केन्द्रका रुपमा रहेकोे न्यायापालिकामाथि यसप्रकारले एकोहोरो प्रहार भइरहँदा हुने क्षतिले राज्यका अन्य निकायसहित हामी सबैलाई क्षति पुग्ने कुरामा सम्बन्धित सबैले मनन् गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । सर्वोच्च न्यायिक धरोहरका रुपमा रहेको सर्वोच्च अदालतलाई लामो समय अनिर्णयको बन्दी बनाउँदा उत्पन्न हुने परीणामले हामी न्यायपालिका सम्बद्ध सबैलाई त प्रताडित गरेको छ नै, यसले समग्र राष्टलाई समेत मर्माहत र दुखित बनाएको छ ।”



प्रतिक्रिया दिनुहोस्