Logo

घरेलु मैदानमा पोर्चुगल पराजित, सर्बिया विश्वकपमा छनोट



काठमाडौं, २९ कात्तिक । विश्वकप फुटबल अन्तर्गत युरोपियन छनोटमा पोर्चुगल सर्बियासँग पराजित भएको छ ।

आइतबार राति पोर्चुगलको घरेलु मैदानमा भएको खेलमा सर्बियाले पोर्चुगललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

यस जितसँगै सर्बिया सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ ।

खेलको दोस्रो मिनेटमै रेनेटो सान्चेसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, ३३ औं मिनेटमा डुसान टाडिकले गोल गर्दै सर्बियालाई १–१ गोलको बराबरीमा फर्काएका थिए ।
साथै, खेलको ९० औं मिनेटमा एलेक्सजेण्डर मिट्रोभिकले गोल गर्दै सर्बियालाई २–१ को शानदार जित दिलाए ।

यस जितसँगै समूह ‘ए’मा रहेको सर्बिया ८ खेलमा २० अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

पोर्चुगल १७ अंकका साथ समूहको दोस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्