Logo

‘ब्रह्मोस क्षेप्यास्त्र’ तैनाथ गर्ने भारतको योजनाले सीमा क्षेत्र तनावग्रस्त



एजेन्सी, २९ कात्तिक। भारत र चीनबीचको सीमा विवाद दिन प्रति दिन तनावग्रस्त बन्दै गएको छ । उक्त समयमा भारतले ‘ब्रह्मोस क्षेप्यास्त्र’ सीमामा तैनाथ गरेको छ ।

भारतले ब्रह्मोस क्षेप्यास्त्र सीमामा तैनाथ गरेपछि चीन उक्त विषयमा कटाक्ष गर्दे क्षेप्यास्त्र अत्याधुनिक नरहेको समेत जनाएको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले ब्रह्मोस क्षेप्यास्त्रको तैनाथीका कारण सीमाविवाद शान्तिपूर्ण तरिकाले सुल्झाउन बाधा पुग्ने उल्लेख गरेको छ ।

तर, उक्त हतियारले चीनलाई कुनै पनि खतरा नरहेको समेत स्पष्ट पारिएको पत्रिकामा उल्लेख छ । चिनियाँ जनमुक्ति सेनाले एयर डिफेन्स क्षमता बढाइरहेको भएर ब्रह्मोस जस्तो सुपरसोनिक क्रुज मिसाइललाई खसाउन सक्ने जनाइएको छ । युद्ध शुरू हुँदा चीनले पहिले नै आक्रमण गरेर ब्रह्मोसको मिसाइल र अन्य सैन्य केन्द्रलाई ध्वस्त पार्ने चेतावनी दिइसकेको छ ।-Photo Source: Global Times



प्रतिक्रिया दिनुहोस्