Logo

प्रधानन्यायाधीश जबराद्धारा वार्ताको लागि आह्वान



काठमाडौं, २९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एसोसिएशनलाई वार्ताको लागि आह्वान गरेका छन् । आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै जबराले पछिल्लो अवस्थामा देखिएको गतिरोधको सम्बोधनको लागि उपयुक्त संवाद भएको भन्दै संवादको लागि आह्वान गरेका हुन् ।

न्यायालयभित्र उत्पन्न भएको गतिरोधको कारण आम नागरिकहरुका प्रश्न हामीसबैतीर सोझिएको भन्दै जबराले बार र सर्वोच्च अदालत बार एशोसिएशनलाई संवादको लागि अनुरोध गरेका हुन् ।

‘जनताको न्यायीक अधिकारको रक्षा गर्ने कर्तव्य एवं अधिकार न्यायापालिकासँग मात्र सुरक्षित रहेको तथ्यलाई ह्दयगम गरी यसको निर्वाध कार्यान्वयनतर्फ हामी सबैको दायित्व रहनुपर्छ ।’ जबराद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

 



प्रतिक्रिया दिनुहोस्