एकादशी मेलामा जाँदै गर्दा जीप दुर्घटना, ४ जनाको मृत्यु


काठमाडौं, २९ कात्तिक । ओखलढुंगामा आज एकादशी मेलामा जाँदै गरेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
सुनकोशी गाउँपालिका–९ बुलडाँडामा ककनी जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको जीप सोमबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा १५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये अवस्था निकै गम्भिर भएका ४ जनालाई हेलिकप्टरमार्फत ह्ुयाम्स अस्पताल ल्याएको प्रहरीले जनाएको छ ।

आज मृत्यु हुनेमा मिठुराम मगर, तुलसा मगर, खगेन्द्र मगर र शान्तमाया मगर रहेका छन् । सबैजना ककनी एकादशी मेला हेर्न जाँदै गरेका उनीहरु सबै सिद्धिचरण नगरपालिका १० का स्थानिय हुन् ।