Logo

यी हुन् यूरोपबाट विश्वकपमा छनोट भएका ७ टोली



एजेन्सी, २९ कात्तिक । सन् २०२२ मा आयोजना हुने कतार विश्वकप फुटबलमा यूरोपबाट १० टोली छनोट भएका छन् । यूरोपबाट १३ टोलीको स्थान रहेकोमा समूह विजेता हुँदै १० टोलीले स्थान पक्का गरेका हुन् ।

अब बाँकी ३ स्थानका लागि समूह उपविजेताहरुले प्ले अफ खेल्नुपर्नेछ । जसमा रोनाल्डो रहेको पोर्चुगल पनि छ ।

यूरोपको विश्वकप छनोटमा कुनै आश्चर्यजनक परिणामहरु आएनन् । यूरोपका फुटबल महाशक्तिहरु जर्मनी, फ्रान्स, स्पेन जस्ता देशहरु छनोट भइसकेका छन् ।

समूह ए मा पोर्चुगलमाथि सर्बियाले जीत निकाल्दै कतारको यात्रा सुनिश्चित गरेको हो । अब पोर्चुगलले प्ले अफ खेल्नेछ ।

समूह बीको स्पेनले स्वीडेनमाथि जित निकाल्दै विश्वकपमा छनोट भएको छ । अब स्वीडेनले प्ले अफ खेल्नुपर्नेछ ।

समूह सीको इटाली र स्वीटजरल्यान्ड समान १५ अंकमा छन् । दुवै टोलीको अन्तिम खेलबाट सिधै छनोट हुने वा प्ले अफ खेल्नुपर्ने निर्धारण हुन्छ ।

समूह डीमा फ्रान्स १५ अंकका साथ एक खेल बाँकी रहँदै छनोट भइसकेको छ । यो समूहमा फिनल्यान्ड र युक्रेनमध्ये एक प्ले अफका लागि छनोट हुनेछन् ।

समूह ईमा बेल्जियम १९ अंकका साथ शिर्ष स्थानमा रहँदै कतार विश्वकपमा छनोट भइसकेको छ । अब वेल्स र चेक रिपब्लिकमध्ये एक देश प्ले अफमा छनोट हुनेछन् ।

समूह एफको डेनमार्क छनोट भइसकेको छ । स्कटल्यान्डले प्ले अफ खेल्नुपर्नेछ ।

समूह जीमा नेदरल्यान्डको सम्भावना बलियो छ । तर, टर्की र नर्वे पनि प्रतिष्पर्धामा छन् । अन्तिम खेलमा जीत वा बराबरी निकाले नेदरल्यान्ड छनोट हुनेछ । नेदरल्यान्ड पराजित भई टर्की र नर्वेले जीत हासिल गरेमा बाहिरिनेछ ।

समूह एचमा क्रोएशियाले रुसमाथि अन्तिम समयमा जित निकाल्दै विश्वकपमा छनोट भएको छ । रुसले बराबरी मात्र गरेको भएपनि छनोट हुन्थ्यो । यो समूहको उपविजेता रुसले प्ले अफ खेल्नेछ ।

समूह आईबाट इंग्ल्यान्ड र पोल्यान्डमध्ये एक सिधै विश्वकपमा छनोट भई एक टोली प्ले अफमा जानेछ । तर, ३ अंकको अग्रता र ६ गोल अन्तरका कारण इंग्ल्यान्ड छनोट हुने निश्चितप्रायः देखिन्छ ।

समूह जे को जर्मनी छनोट भइसकेको छ । उक्त समूहमा नर्थ मेसोडोनिया प्ले अफका लागि छनोट भएको छ ।-Photo Source: FIFA



प्रतिक्रिया दिनुहोस्