Logo

प्रधानन्यायाधीश जबराले बोलाएको वार्तामा नेपाल बार नजाने



काठमाडौं, २९ कार्तिक । नेपाल बार एशोसिएशन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको वार्तामा सहभागी नहुने भएको छ । आज विहानमात्रै प्रधानन्यायाधीश जबराले वार्ता तथा सम्वादमा आउनको लागि नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बारलाई आह्वान गरेका थिए ।

तर, प्रधानन्यायाधीश जबराको राजीनामा मागेर अदालत परिसरमा धर्नामा बसेका कानून व्यवसायीहरुले भने कुनैपनि हालतमा वार्तामा सहभागी नहुने बताएका छन् । बरु, उनीहरुले प्रधानन्यायाधीश जबराले ढिलो नगरीकन राजीनामा दिनुपर्ने सुझाव दिएका छन् ।  प्रधानन्यायाधीश जबराले वार्ताको लागि गरेको आह्वानलगत्तै बसेको बार पदाधिकारीको बैठकले वार्तामा नबस्ने निर्णय गरेको जनाईएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot