Logo

अस्ट्रियामा खोप नलगाएका व्यक्तिलाई मुलुकभर प्रतिबन्ध



एजेन्सी, २९ कात्तिक। अस्ट्रिया सरकारले कोभिडविरुद्ध खोप नलगाएका व्यक्तिलाई प्रतिबन्ध लगाएको छ। अत्यावश्यक बाहेक घरबाहिर निस्कनमा सरकारले प्रतिबन्ध लगाएको सञ्चारमाध्यमहरुमा खबर छ।

कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै मुलुकभर खोप नलगाएका नागरिकलाई कम्तिमा १० दिनका लागि ‘लकडाउन’ गरिएको हो।आइतबार राति १२ बजेबाट त्यस्तो प्रतिबन्ध गरिएको समाचारमा उल्लेख छ। सो प्रतिबन्ध १२ वर्षभन्दा माथिकालाई लगाइएको हो। अब १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिले अत्यावश्यक बाहेक घरबाहिर निस्कन पाउने छैनन्। उनीहरूले खाद्यान्न किन्न र खोपका लागि खोप केन्द्रसम्म जान भने पाउने बताइएको छ।

पछिल्लो समय अस्ट्रियामा कोरोना संक्रमण तीव्र भएसँगै अस्पतालमा बिरामीको चाप बढेको छ। यदि कसैले अटेरी गरे १ हजार ६६० अमेरिकी डलरसम्म जरिवाना गरिने अस्ट्रिया सरकारले जनाएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्