Logo

महाधिवेशन हुन्छ भन्ने ढुक्क भएको छ: गगन थापा



काठमाडौँ, २९ कात्तिक। नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको महाधिवेशन हुनेमा आफु ढुक्क भएको विश्वास व्यक्त गरेका छन् । आज (सोमबार) नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिका समितिका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा थापाले आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताएका हुन्।

उनले निर्वाचन आयोगलाई बारम्बार दबाव दिएपछि मात्रै महाधिवेशन समयमै गर्न सकिएको बताए। नेता थापाले समयमै महाधिवेशन गर्न नसक्नु एक ढंगले पार्टीको सामूहिक क्षयीकरणको प्रमाण भएको स्पष्ट पारे । उनले नेपाली कांग्रेसका नेताहरु पार्टीभित्र विधानको सर्वोच्चतालाई कायम गर्ने कुरामा पटक पटक चुकेको पनि बताए। नेता थापाले अहिले अदालतमा भएको समस्यालाई नेपाली कांग्रेसले समाधान गर्नुपर्ने बताए।-File Photo



प्रतिक्रिया दिनुहोस्