Logo

विश्वकप छनोटको अन्तिम चरणमा अफ्रिकाबाट यी देश छानिए



एजेन्सी, २९ कात्तिक । विश्वकप फुटबलमा अफ्रिकी महादेशबाट ५ देश छनोट हुनेछन् । दोस्रो चरणको छनोटबाट केही देशले तेस्रो चरणमा स्थान पक्का गरिसकेका छन् । अब अन्तिम चरणको प्रतिष्पर्धाबाट ५ देशको टुंगो लाग्नेछ ।

प्रत्येक समूहमा ४ गरी १० वटा समूहमा विभाजित देशहरु प्रत्येकले ६ खेल खेल्नुपर्ने नियम छ । जस अनुसार लगभग समूह चरणको खेल अन्तिम चरणमा पुगेको छ ।

समूह ए बाट अल्जेरिया र बुर्किना फासोमध्ये एक टोली अन्तिम चरणमा पुग्नेछन् । अल्जेरियाले बराबरी मात्र गरेमा विश्वकप छनोटको अन्तिम चरणमा स्थान पक्का गर्नेछ ।
समूह बी मा ट्युनिसिया र इकवेटरियल गिनीमध्ये एक टोली छनोट हुनेछन् । दुवै टोलीलाई जित्नैपर्ने वाध्यता छ ।

समूह बीबाट नाइजेरिया र केपे भर्डेमध्ये एक टोली अन्तिम चरणमा प्रवेश गर्नेछन् । नाइजेरिया विश्वकप खेलिसकेको देश हो ।

समूह सीमा आइभोरीकोष्ट र क्यामरुनबीचको अन्तिम प्रतिष्पर्धाले अन्तिम चरणमा पुग्ने टोलीको निर्धारण गर्नेछ ।

समूह ईमा माली छनोटको अन्तिम चरणमा पुगिसकेको छ । समूह एफबाट इजिप्ट अनितम चरणमा पुगन सफल भएको छ ।

समूह जीमा घानाले दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै विश्वकपको अन्तिम छनोट चरणमा स्थान पक्का गरेको छ । अफिकाका यी दुई महाशक्तिबीचको खेल रोचक बन्यो । घाना जित्नैपर्ने दबाबमा थियो र जित्यो ।

समूह एचमा सेनेगल र समूह आईमा मोरक्को छनोटको अन्तिम चरणमा पुगिसकेका छन् । समूह जेमा डेमोक्राटिक रिपब्लिक अफ कंगो र बेनिनमध्ये एक टोली छनोट हुनेछन् ।-Photo Source: FIFA



प्रतिक्रिया दिनुहोस्