Logo

क्यानले माग्यो कप्तान ज्ञानेन्द्र सहित चार खेलाडीसँग स्पष्टीकरण



काठमाडौं, २९ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीसँग लिखित स्पष्टीकरण सोधेको छ ।

खेलाडी वर्गीकरणको विषयलाई लिएर मिडियामा असन्तुष्टि पोखेका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीसँग क्यानले स्पष्टीकरण सोधेको हो ।

म्यानले खेलाडीहरुलाई आगामी बुधबारसम्म वर्गीकरणको विषयमा मिडिया बोल्नुको कारण सहित लिखितरुपमा स्पष्टीकरण दिन भनेको बुझीएको छ ।
यस विषयमा के गर्ने भन्ने विषयमा खेलाडीहरु छलफल गरिरहेका छन् ।

केहि दिन अघि चार खेलाडीले एक मिडियामा आएर राष्ट्रिय क्रिकेट खेलाडिहरुको वर्गीकरणमा आफुहरु सन्तुष्ट नभएको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम