Logo

महोत्तरीमा आठ बिघामा लगाइएको गाँजा नष्ट



महोत्तरी, २९ कात्तिक : महोत्तरीमा अवैध रूपमा आठ बिघा जमिनमा लगाइएको गाँजाको बोट प्रहरीले नष्ट गरेको छ ।  एकडारा नगरपालिका र महोत्तरी गाउँपालिकाबाट आइतबार ठूलो मात्राम गाँजाका बोट बिरुवा नष्ट गरेको  जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरी गाउँपालिका-४ स्थित रानीतरबारामा चार बिघामा लगाएको गाँजा र एकडारा-५ स्थित बथनाहामा चार बिघामा गरी आठ बिघामा लगाइएको गाँजा नष्ट गरिएको हो । न्युज कारखाना



प्रतिक्रिया दिनुहोस्