काठमाडौं, २९ कात्तिक । नेकपा (एकिकृत समाजवादी) पार्टीले अखिल नेपाल किसान महासंघ गठन गरेको छ । पार्टीका नेता बलराम बास्कोटाको नेतृत्वमा आज गठन भएको संघमा ३ सय ५१ जना सदस्य रहने भएका छन् ।
उपाध्यक्षहरुमा पार्टीका नेताहरु बलदेव चौधरी, रामचन्द्र साह तेली, कृष्ण खनाल, श्रीनाथ बराल, निर्मल सुवेदी, कृष्णबहादुर बिसी, रामकुमार ज्ञवाली, सावित्रा रेग्मी र केशवराज खड्का रहेका छन् ।
यसैगरी, महासचिवमा प्रेमश पोखरेल तथा सचिवहरुमा छिरिङ लामा, बतहु यादव र भरत फुयाँल रहेका छन् । ३ सय ३१ जनाको राष्ट्रिय समितिको घोषणा गरिएको छ जसमा युवा किसान र महिला किसानलाई अनिवार्य रुपमा राख्ने भनिएको छ । पदाधिकारी र समिति सदस्यहरुलाई अध्यक्ष माधवकुमार नेपालले पद तथा गोपनियताको सपथ खुवाएका थिए । File Photo




प्रतिक्रिया